site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
रोवीन तामाङको सम्झनामा सांगीतिक कार्यक्रम हुँदै
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । दिवंगत अभिनेता, संगीतकार तथा गायक रोवीन तामाङको सम्झनामा उनको व्याण्ड ‘रोवीन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रोवीनको निधनपछि व्यान्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्यान्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुर अन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्ना  गीत सुनाउन लागेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

Agni Group

व्यान्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरू ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुद्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ ।

कार्यक्रममा रबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यहरूसँग मिलेर अन्य गायकहरूले ‘नेपाल’, ‘भुलमा भूल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायत गीत पनि सुनाउनेछन् ।

Global Ime bank

गायक रोवीनको गत जुलाई ४ मा निधन भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu