site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको तेलंगानामा निर्माणाधीन रंगशाला भत्किँदा तीनजनाको मृत्यु, १० घाइते
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य तेलंगानामा निर्माणाधीन इनडोर स्टेडियमको एक भाग सोमबार भत्किँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। सो दुर्घटना तेलंगानाको राजधानी हैदराबादबाट ३० किलोमिटर पश्चिममा रहेको रंगा रेड्डी जिल्लाको मोइनाबाद गाउँमा भएको हो ।

Agni Group

घाइतेहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको प्रहरी अधिकारीले  बताएका छन् ।  

रंगशालाको स्ल्याब र पर्खाल भत्किँदा थुप्रै कामदारहरू भाग्नावशेष मुनि फसेका थिए । सो दुर्घटना हुँदा कम्तीमा २० कामदार घटनास्थलमा रहेको बताइएको छ।

Global Ime bank

निर्माण विज्ञहरूका अनुसार प्रायः निर्माण नियमहरू उल्लंघन, प्रशासनको लापरबाही र भ्रष्टाचारजन्य गतिविधिका कारण भारतमा यस्ता दुर्घटना हुने गरेको पाइएको छ । साथै कम गुणस्तरका सामग्रीको प्रयोग, अपर्याप्त सुपरिवेक्षण र कामदारहरूको कमजोर सुरक्षा मापदण्ड पनि दुर्घटनाका मुख्य कारण मानिएका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu