site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सडक आश्रित मानवहरूको व्यवस्थापन गर्न छुट्टै कानुन निर्माण हुन्छ : प्रधानमन्त्री
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले सहयोगापेक्षी सडक आश्रित मानवको व्यवस्थापनका लागि छुट्टै कानुन बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को आगामी अधिवेशनमा यसबारे विद्येयक प्रस्तुत गर्ने बताएका छन् ।

मानव सेवा आश्रमले सोमबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कानुनमार्फत् नै सडक आश्रित मानवको व्यवस्थापन गरिने घोषणा गरेका हुन् । त्यसका लागि तीनै तहका सरकारका बजेट र कार्यक्रममा सडक आश्रित मानव व्यवस्थापनका योजना समेटिने उनको भनाइ छ । यसको प्रक्रिया एक महिनाभित्रै सुरु गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

Agni Group

सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमका अभियान्ताहरूलाई तत्काल आवश्यक परेको रकम सरकारले सम्बन्धित मन्त्रालयमार्फत् उपलब्ध गराउने पनि घोषणा गरेका छन् ।

मानव सेवा आश्रमले राखेका पाँच प्रस्तावलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तत्काल सडक आश्रित मानवको उद्धार तथा व्यवस्थापनका लागि सातै प्रदेशमा एक–एक वटा सवारी उपलब्ध गराउने पनि घोषणा गरेका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu