site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा 
फाइल तस्बिर ।

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका छन् ।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्बाट टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता गरिएको थियो । १० रिट प्रारम्भिक सुनुवाइका निम्ति न्यायाधीश चुडालको इजलासमा परेका हुन् ।

प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेशबाट सरकारको निर्णय कार्यान्वयनमा रोक लगाइए आजैदेखि पुनः टिकटक चल्नेछ । अधिवक्ताहरूले माग गरेजस्तो अन्तरिम आदेशद्वारा सरकारको निर्णय कार्यान्वयनमा रोक नलगाइए भने अन्तिम फैसला नआउँदासम्म टिकटक चल्ने छैन ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro