देश
काठमाडौं । रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रले जानकारी गराएको छ । गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । आजको धक्का त्यसकै परकम्प भएको केन्द्रले जनाएको छ ।
जाजरकोट भूकम्पका ४६५ भन्दा धेरै परकम्प मापन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १६:३६
प्रतिक्रिया दिनुहोस्