site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इटालीमा हड्ताल
तस्बिर : रोयटर्स ।

काठमाडौं । इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेका छन् । हड्तालको समर्थनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए ।

उनीहरूले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्ने गरी बजेट नल्याउन चेतावनी दिए । प्रदर्शनमा करिब ६० हजार मानिस सामेल भएको बताइएको छ । प्रहरी रिपोर्टमा भने ५० हजार उल्लेख छ ।

हड्ताल सुरुमा दिनभर चल्ने भनिएको थियो । तर, उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायातमन्त्री माटेओ साल्भिनीको आदेशपछि चार घण्टामा घटाइएको थियो । हड्तालको प्रभाव सीमित रहेको यातायात मन्त्रालयले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro