site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डीपीआरअघि नै शिलान्यास, निर्माणमा अलमल
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वद्यिालय परिसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माण गर्ने भनिएको सुविधासम्पन्न अन्तर्राष्ट्रिय कभर्डहलको शिलान्यास भएको २ महिना पूरा भयो । तर, अहिलेसम्म यसको डीपीआर नै पूर्णरुपमा बनिसकेको छैन । 

युवा तथा खेलकुदमन्त्री राजन केसीले कभर्डहलको शिलान्यास त गरे, तर अहिलेसम्म यसको गुरुयोजना नै बनेको छैन । 

करिब २ वर्षअघि नै त्रिविसँग सम्झौता गरेको राखेपले तत्काल निर्माण कार्य थाल्ने बताएको थियो । त्यसैअनुसार मन्त्री केसीले शिलान्यास पनि गरे । तर न डीपीआर बनेको छ, न टेन्डर नै भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राखेप भने विभिन्न प्रक्रियाका कारण कभर्डहल निर्माणमा ढिलाइ भएको बताउँछ । डीपीआर बनाउन थालेको ६–७ महिनामात्रै भएको भौतिक निर्माण शाखाले जानकारी दिएको छ । 
सुरुमा बनेको डीपीआरमा जग्गा कमी भएका कारण पुनः त्रिविले राखेपलाई जग्गा उपलब्ध गराएको थियो । अहिले राखेपलाई त्रिविले ६७ रोपनी जग्गा उपलब्ध गराएको छ । जग्गाका कारण पनि निर्माण कार्य ढिलो भएको राखेपको तर्क छ । 

नेपालमा कुनै पनि ठूलो अन्तर्राष्ट्रिय स्तरको कभर्डहल नभएकाले यसलाई महत्वपूर्ण रुपमा लिइएको छ । तर, यसका लागि राखेप र युवा तथा खेलकुद मन्त्रालयबीच समन्वय अभाव देखिएको छ । कुनै पनि आयोजनाको डीपीआर बनिसकेपछि टेन्डर आह्वान भएर निर्माणकर्ता छनोट भएपछिमात्र शिलान्यास हुने गर्छ । तर अन्तर्राष्ट्रिय कभर्डहल निर्माणमा भने उल्टो भएको छ । लामो समय भइसक्दा पनि राखेपले निर्माणमा खासै तदारुकता देखाएको छैन । राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी जसरी पनि चल्छ भन्ने मानसिकतामा गुज्रिएका कारण यस्तो समस्या आएको सरोकारवालाहरु बताउँछन् । 

Global Ime bank

डीपीआर बनिसकेपछि राखेपले टेन्डर आह्वान गर्नेछ । टेन्डरपछि मात्रै निर्माण कार्यको थालनी हुनेछ । नियमित बजेट विनियोजन र कुनै समस्या नआए निर्माण कार्य सुरु भएको करिब ३ वर्षमा सम्पन्न हुने राखेप बताउँछ ।

५ हजार दर्शक क्षमता रहने यो अन्तर्राष्ट्रिय कभर्डहल नेपालकै सबैभन्दा ठूलो हुनेछ । यो कभर्डहल सुविधा सम्पन्न मल्टिप्रर्पोज हुनेछ । ह्यान्डबल, भलिबल, ब्याडमिन्टन, बास्केटबललगायत अन्य खेल पनि सँगै सञ्चालन गर्न मिल्छ । 

“सरकारी काम भएकाले ठूलो प्रक्रिया पार गर्नुपर्ने हुँदा ढिलो भएको हो । राखेप ढिलो हुनुको पछाडि चुनाव र विभिन्न चाडपर्व पनि कारण हो,” राखेप परिषद् भौतिक निर्माण शाखाका एक आर्किटेक्टले भनिन् ।

नेपालमा ठूलो दर्शक क्षमता भएको कभर्डहल नहुँदा धैरै प्रतियोगिता तथा अन्तर्राष्ट्रिय खेल आयोजना हुन सकेको छैन । दशरथ रंगशाला परिसरमा रहेको कभर्डहलको क्षमता करिब १५ सय रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय