site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिमूर्ति निकेतनले मनायो देवकोटा जयन्ती

काठमाडौं । त्रिमूर्ति निकेतनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जयन्ती मनाएको छ । उक्त अवसरमा साहित्यकार डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ तथा निकेतनकी अध्यक्ष साहित्यकार इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गरे । 

काठमाडौं, सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित विशेष काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरे । 

कार्यक्रममा साहित्यकार डा. पोखरेल, अध्यक्ष प्रसाई, प्रा.केशव सुवेदी, प्रा.डा.महादेव अवस्थी र निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् तथा महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि धारणा व्यक्त गरे ।
 
कविशिरोमणि, नाट्यसम्राट र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना गरिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro