site stats
बाह्रखरी :: Baahrakhari
देश
कारबाहीबाट बच्न उपरथी पाण्डेले दिए पदबाट राजीनामा 

काठमाडौं । भावी प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । 

उपरथीबाट रथीमा बढुवा हुने क्रममा उनको जन्ममितिलाई लिएर विवाद बढेपछि उनले पदबाट राजीनामा दिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिनु भएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बाह्रखरीसँग भने, “उहाँले दिनु भएको राजीनामा स्वीकृतिको लागि रक्षा मन्त्रालयमा पठाइसकेका छौँ ।” 

सैनिक स्रोतका अनुसार उपरथी पाण्डेले सम्भावित छानबिन र कारबाहीबाट जोगिन पदबाट राजीनामा दिएका हुन् । 

उपरथी पाण्डेले शैक्षिक प्रमाणपत्रमा दुई वर्ष घटाएको पाइएको थियो । सुरुमा उनको जन्ममिति २०२१ माघ १२ गते उल्लेख गरिएको भए पनि पछि केरमेट गरी २०२३ मंसिर २३ गते बनाइएको थियो । 

उनको वास्तविक जन्ममिति अनुसार उनले एक वर्ष ९ महिनाअघि अवकाश पाइसकेको हुनुपथ्र्यो । तर, उनलाई जंगी अड्डाले रथीमा बढुवा गर्न खोजेपछि उनको जन्ममितिको विवाद बाहिर आएको थियो । 

विवाद बढेपछि रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनाइएको थियो । समितिले छानबिनका क्रममा उपरथी पाण्डेले जन्ममितिमा कैफियत भेटेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्