site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देश अझै आर्थिक दबाबमा छ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश अझै आर्थिक दबाबमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका अधिकांश सूचकहरू केही सकारात्मक हुन गएपनि अझैपनि आर्थिक दबाब कायम रहेको उल्लेख गरे ।

उनले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताए । देशमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताए । आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, "अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ । अहिले अर्थतन्त्रका अधिकांश सूचकहरू केही सकारात्मक हुन गएपनि अझैपनि हामी आर्थिक दबाबमा छौँ । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महशुस गरेका छौँ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढीरहेको छ ।"

प्रधानमन्त्री प्रचण्डले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे । उनले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro