site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिवाकोटी प्रतिवेदनको निष्कर्ष– नयाँ स्टक एक्सचेन्ज चाहिन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदनले नयाँ स्टक एक्सचेञ्ज चाहिने सुझाव दिएको छ । ‘धितोपत्र बजार सञ्चालनको लागि एकभन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने वा नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१’मा यस्तो सुझाव दिइएको हो । 

उक्त प्रतिवेदनले हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरेर मात्र नहुने सुझाव दिएको हो । विगत १५ वर्षदेखि नेप्सेको पुनर्संरचना गर्ने कुरा मात्र चलेको भन्दै यही कुरा गरेर मात्र बस्न नहुने सुझावमा उल्लेख छ । बजारको विकास तीव्र रूपमा भएको भन्दै प्रतिस्पर्धा आवश्यक रहेको सुझावमा उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुलुकले उदारीकरणको नीति अवलम्बन गरेको भन्दै नयाँ स्टक एक्सचेन्जको आवश्यकता औंल्याइएको छ । 

त्यस्तै, सरकारले दोस्रो बजारको पहुँच वृद्धि गर्ने रणनीति लिएकोले पनि नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । 

dkk-1749565566.JPG

sfkkk-1749565566.JPG

 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्