
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ चौथो संस्करण सम्पन्न भएको छ ।
जेठ २१ देखि जेठ २४ गते शनिबार (चार दिन)सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको छ । नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनी, मर्चेन्ट बैंकहरू तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताहरूलाई जेठ २६ गते पुरस्कार वितरण गरिएको थियो ।
विजेता प्राइम कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रूपमा विजेता ट्रफी हस्तान्तरण गरे ।
उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंक लि.का अमृत चालागाईं, उत्कृष्ट विकेट–किपर नबिल बैंक लिमिटेडका विजय पारा लिम्बू, उत्कृष्ट बलर एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भएका छन् ।