site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं । गत सोमबारदेखि उकालो यात्रामा रहेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेर १८६३.९४ विन्दुमा बन्द भएको छ ।

आज ७८ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार भने ९९ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज सर्वाधिक सेयर मूल्य वृद्धि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको सेयर मूल्य ८.०७ प्रतिशतले बढेर प्रतिकित्ता ८७० रुपैयाँ कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य घट्नेमा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड छ । यस कम्पनीको सेयर मूल्य ६.३८ प्रतिशतले घटेर प्रतिकित्ता ३०४ रुपैयाँ कायम भएको छ ।

आज सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको पाँच करोड ६१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । हिमालयन बैंकको प्रमोटर सेयर आज पाँच करोड २३ लाख रुपैयाँकमा कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।  

यसदिन २८८ धितोपत्रको ३१ लाख ५७ हजार ६२ कित्ता खरिद–बिक्री भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro