site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
के हो दबाब र कसरी सामना गर्ने

भुकम्पले गर्दा जुनसुकै पनि प्राकृतिक प्रकोपमा गर्दा व्यक्तिमा दबाब पर्न जान्छ । ‘के हो यो दबाब ?’ दबाब (स्ट्रेस) यो शब्द बुझ्न जति सजिलो छ, त्यति नै यसको ब्याख्या गर्न कठिन पनि ।

मनोवैज्ञानिकहरुले यसलाई आ–आफ्नै तरिकाले परिभाषित गरेको पाइन्छ । सन् १९३६ मा हान्स सेलीइले यो शब्दलाई प्रयोगमा ल्याएका हुन् ।

उनका अनुसार, “दबाब (स्ट्रेस) भनेको हाम्रो शरीरले कुनै परिवर्तनको माग हुँदा देखाउने गैरविशिष्ठ प्रतिक्रिया हो, जुन वातावरणीय मागहरुलाई ‘स्ट्रेस्सोरस’ भनिन्छन् ।’ 

सन् २००३ मा एसपी, रबिन्सको भनाइमा, “दबाब शरीरको त्यस्तो अवस्था हो, जहाँ ब्यक्ति केही अवसर, अवरोधहरु वा निजले चाहना गरेको परिणामहरु अन्यन्तै महत्वपूर्ण वा अनिश्चित छ भनी सामना गरिरहेको हुन्छ ।’’ 
त्यो बेला शरीरले आभास गर्छ । सामान्य अर्थमा यसलाई मानसिक तनाव पनि भनिन्छ । दबाब प्रायः नकारात्मक रुपमा मात्रै लिइन्छ ।

तर मनोवैज्ञानिकहरुले सकारात्मक र नकारात्मक  गरी विभाजन गरेका छन् । कुनै दबाबको परिणाम सकारात्मक आउँछ भने त्यो सकारात्मक दबाब हो । जस्तै, विद्यार्थीहरुले पास हुन पढनु, बैबाहिक जीवन शुरुवात गर्नु आदि । 

जब परिणामहरु नराम्रो वा नकारात्मक हुन सक्छ्न भनी सोच्छन् । त्यो सोचाईले मान्छेमा नकारात्मक वैज्ञानिकहरुले मानिसहरुले किन र के कारणहरुले दबाबमा पुग्छन् भनी मुख्यतया तीनवटा स्रोतहरु भएको उल्लेख गरेका छ्न् ।

पहिलो, वातावरणीय स्रोतहरु– जस्तो भौतिक तथा सामाजिक पर्यावरणीय स्रोतहरु, जलवायु परिवर्तन, भूकम्प, आर्थिक, राजनीतिक अस्थिरता, प्राविधिक, विश्वब्यापी महामारीका कारण । 

दोस्रो, सङ्ठनात्मक स्रोतहरु– मानिसले काम गरिरहेको, संघ–संस्था, कामको प्रकृति आफ्नो भूमिका, सहकर्मीहरुसँगको सम्बन्ध, संगठनको नेतृत्व आदि ।

तेस्रो, व्यक्तिगत स्रोतहरुः पारिवारिक द्वन्द्व, बैबाहिक समस्या, प्रिय ब्यक्तिको मृत्यु, बालबालिकाहरु र गरिबी आदि पर्न जान्छन् । 

त्यस्तै ब्यक्तिगत विशेषताहरु जस्तोे महामारीमा कसैले ‘भाग्यमा जे हुन्छ, देखा जायेगा’ भन्ने हुन्छन् । कोही कसैले मेरो कारणले यस्तो हुन गयो भनी आफैँलाई दोष दिइरहेका हुन्छन् र दिक्कपनामा परी तनाव लिएर ब्यक्ति दबाबमा पुग्न सक्दछ । 

दबाब र रोगको सम्बन्ध हुन्छ । जस्तो कुनै ब्यक्ति एकदमै डर, रीस, शत्रुतापूर्ण संवेगहरु देखाउँछ भने उसको स्वास्थ्यमा एकातिर हर्मोनको गडबडी हुन्छ, जसले व्यक्ति झर्किने, आवेगमा आउने तथा आशाबिहीन अनुभव गर्न थाल्छ । जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । त्यसपछि मानिस शारीरिक तथा मानसिक विरामी हुन पुग्छ । 

शोक र क्षतिको समयमा मानसिक स्वास्थ्यबारे ख्याल गर्नुपर्ने केही बुँदाहरु : १) स्वीकृति : यो असामान्य परिस्थिति भएकाले यो बेला परिस्थितिलाई स्वीकार गर्दै मन स्वस्थ बनाउन ध्यान दिनुपर्छ । मन बलियो हुन सके रोग प्रतिरक्षा प्रणाली बलियो हुने र आफू अनि बाँचेकाहरुका लागि, पीडामा रहेका व्यक्तिलाई सहयोग गर्न शक्ति सञ्चय हुन जान्छ । ब्यक्तिको आत्मबलमा वृद्धि हुन पुग्छ ।

२) धैर्यता : शोक तथा विक्षिप्त अवस्थामा रहेका व्यक्तिलाई सम्झाउँदा उनीहरूलाई झन् पीडा हुनसक्ने कुरामा विचार गर्नुपर्ने हुन्छ । तुरुन्त मानसिक परामर्श दिँदै गर्दा मानसिक अवस्था चेकजाँचविना सम्झाउन हतार गर्न हुँदैन ।

यसो गर्दा नराम्रो प्रभाव पर्न जान्छ त्यसर्थ, ‘साइकोलोजी फ्रस्ट एड’को नाममा सेवा दिन धैर्यता चाहिन्छ । जस्तो ‘त्यहाँ गएर सकारात्मक सोच्नुस्, यो खानुस्, यो नखानुस्, धैर्य गर्नुस्, तपाईको यस्तो भयो जस्ता कुरा गरेर सम्झाउन हतार गर्नुहुँदैन । यस्तो गर्दा पीडितलाई उल्टै पीडा हुन सक्ने सम्भावना रहन्छ । 

३) सेवा दिने व्यक्ति : उद्धार र व्यवस्थापनमा खट्नेले पनि आफ्नो शारीरिक तथा मानसिक हेरचाह गर्न आवश्यक गर्नुका साथै प्रभावित स्थानमा जाँदाको पूर्व तयारी, अवस्थाको लेखाजोखा र फर्किदासम्मको एउटा योजना बनाउनु पर्छ ।

प्रकोपका बेला शोकमा भएका व्यक्ति र आत्तिएका व्यक्तिलाई विश्वासमा लिएर उनीहरुको कुरा सुन्नु अत्यन्तै जरुरी हुन्छ । एक असल साथीको व्यवहार दक्ष मनोविद् मानसिक स्वास्थकर्मीहरुले गर्नुपर्ने हुन्छ ।
मनमा असाध्यै तनाव भए जे गर्दा आफूलाई अराम हुन्छ ती क्रियाकपाप गर्न दिनुपर्छ । तर हानि हुने विचार त छैन कि भनेर सुक्ष्म अवलोकन गर्नुपर्छ ।

समुदायमा आधारित भएकाले जातीय, लैङ्गिक, धार्मिक आदि विविधताबारे ज्ञान, सीप र धारणा स्पस्ट हुनु आवश्यक पर्छ ।

४) मानसिक सेवा दिने तरिका : क) द्रुत सेवा प्रदान दिने ब्यक्तिले यस्ता बेला एकान्तमा राखेर उनीहरुको पीडा सुन्ने, आफूले कम बोल्ने र यदि रुन खोज्छन् भने भावनात्मक सहयोग गर्नुपर्ने हुन्छ । रुन सहयोग गर्नुपर्ने हुन्छ, जसले गर्दा उनीहरुको मानसिक उर्जा बाहिर निस्किएर शरीर र मन सन्तुलित हुन पुग्छ । उनीहरुलाई सहयोग पुग्छ । यसका लागि दक्षता र सिपको आवश्यकता चाहिन्छ ।

ख) दैनिकी : दैनिकीलाई निरन्तरता दिन विशेषगरी २०–४० वर्ष उमेर समूहका ब्यक्तिहरुले साथीभाइ, परिवारसँग कुरा गर्ने, आफ्नो दैनिकीलाई पुनः ब्यवस्थापन गरेर वयस्क, बालबालिकाहरुलाई सम्भव भए स–साना समूहमा राखेर बसोबासको ब्यवस्था गर्नेतिर सोच्नुपर्छ । 

दीर्घकालीन अवस्थाको लेखाजोखा गरेर आवश्यक सहयोगको सम्भावनाबारे सम्बधित निकायहरुसँग समन्यव र सहकार्य गर्न सहयोगी भूमिका खेल्ने गर्नुपर्छ । जसले गर्दा व्यस्त हुन गई पीडा भुल्न मद्दत मिल्छ ।

ग) प्राकृतिक प्रकोप : भूकम्पपछि जनधन, सम्पत्ति गुम्दा विक्षिप्त अवस्थामा रहेका व्यक्तिको मानसिक अवस्था सामान्य हुन केही दिन, केही हप्ता र केही महिना समेत लाग्न सक्ने भएकाले र समुदायका ब्यक्तिहरुको मानसिक अवस्थाको लेखाजोखा गर्ने जस्तो केहीलाई हप्ता दिन, महिनौँसम्म डर, त्रास तथा पीडाबाट लामो समयसम्म बाहिर निस्कन गाह्रो हुन सक्छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro