site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएद्वारा राहत वितरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरआवासीय नेपाली संघले मंगलबार जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावितहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

संघका महासचिव गौरीराज जोशीका अनुसार संघले आठबीसकोट नगरपालिकामा रहेका भूकम्प पीडितलाई पनि राहत सामग्री हस्तान्तरण गरेको छ ।

संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, एक हजार लिटर तेल, ५०० केजी नुनलगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।

Global Ime bank

यस्तै, जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो ।

यसअघि, संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम एक करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement