site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठौँ रियल इस्टेट एक्स्पो : अर्थतन्त्र चलायमान बनाउने विश्वास
SkywellSkywell

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा ‘आठौँ रियल इस्टेट एक्स्पो, २०२३’ हुने भएको छ । एक्स्पो आउँदो पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिँदै छ ।

करिब एक लाखभन्दा बढीले एक्स्पोको अवलोकन गर्ने संघको अपेक्षा छ । एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताबीच एकैस्थलको भेटघाट विन्दु हुने आयोजकले जनाएको छ ।

एक्स्पोमा विकासकर्ताले आफ्ना नयाँ उत्पादन प्रदर्शन गर्ने र उपभोक्ताले नेपालको आवास तथा जग्गा विकाससम्बन्धी समग्र पक्षबारे जानकारी पाउने संघले विश्वास लिएको छ ।

KFC Island Ad
NIC Asia

एक्स्पोमा व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बिमा कम्पनीसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकको सहभागिता रहने संघले जनाएको छ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाका स्टल राखिनेछ ।

संघका अध्यक्ष विदुर धमलाले एक्स्पोले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।

जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले काठमाडौंसँगै बाहिर पनि विस्तारै एक्स्पो आयोजना गर्दै जाने बताए । हाल काठमाडौंबाहिर अनौपचारिक कारोबार हुने भएकाले एक्स्पो गर्न सहज नभएको लोहनीले उल्लेख गरे ।

अर्का व्यवसायी दीपक मल्होत्राले घरजग्गा कारोबारमा मन्दी देखा पर्दा सबै क्षेत्रमा असर परेको बताए ।

संघका पूर्वअध्यक्ष मीनराज श्रेष्ठले एक्स्पोमा नयाँ उत्पादन राखिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro