कला
काठमाडौं । दक्षिण भारतीय अभिनेता रजनीकान्त यतिबेला उनको पारिश्रमिकलाई लिएर भारतीय सञ्चारमाध्यममा चर्चामा छन् । २६० देखि २८० करोड भारू पारिश्रमिक लिने खबरले यतिबेला उनको चर्चा बढेको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार रजनीकान्तले लोकेश कनगराजको सिनेमा ‘थलाइवर १७१’ का लागि २६० देखि २८० करोड भारू पारिश्रमिक लिने भएका छन् । यद्यपि, निर्माण पक्षले यसबारे स्पष्ट पारिसकेको छैन ।
रजनीकान्तको सिनेमा ‘जेलर’ केही समय अगाडि प्रदर्शन भएको थियो । २२५ करोड भारतीय रुपैयाँमा बनेको ‘जेलर’ले ६०५ करोड भारु कलेक्सन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १०:४७
प्रतिक्रिया दिनुहोस्