काठमाडौं । सशस्त्र प्रहरी बलले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा दिन थालेको छ । जाजरकोट भूकम्पमा घाइते भएकाहरूको उपचारका लागि सशस्त्र प्रहरी बलबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमान्डमा दुईवटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
डा. पराजुलीको टोलीले रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरूको उपचार गरिरहेको छ । डा. घिमिरेको टोलीले जाजरकोटको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाइएको छ ।
भूकम्पपछि नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौंबाट डा. रोशन पराजुलीको कमान्डमा ९ जना रुकुम पश्चिमका लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमान्डमा चारजनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटका लागि खटिएको थियो ।