site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगन थापा र विश्वप्रकाश शर्मा भूकम्पपछिको अवस्थाबारे स्थलगत अनुमगनमा जाने
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले कर्णाली प्रदेशमा शुक्रबार राति गएको भूकम्पपछिको अवस्थाबारे स्थलगत अनुमगन र अध्ययन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ‘फिल्ड’मा खटाउने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट महामन्त्रीद्वयको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गरिएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

महामन्त्रीद्वय चाँडै त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । समितिले स्थलगत अनुगमनदेखि पार्टीपंक्ति परिचालन गर्ने उनले जानकारी दिए ।

यस्तै, बैठकबाट पार्टी विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न कांग्रेस पदाधिकारी, केन्द्रीय नेतृत्व र जनप्रतिनिधिसँग अपिल गरिएको उनले बताए ।

“आजै बैठकमा जिपछिरिङ लामाले ११ लाख जम्मा गर्छु भन्नुभयो, दिव्यमणिराज भण्डारीले पाँच लाख दिइसक्नुभएको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu