देश
काठमाडौं । कर्णाली प्रदेशमा भूकम्पमा परी घाइते भएका आठजनालाई काठमाडौं ल्याइएको छ । उपचारका निम्ति आठ घाइतेलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
अहिले शिक्षण अस्पतालमा ल्याइएका घाइते सबै रुकुम पश्चिमका हुन् । उनीहरू १२ देखि ६२ वर्ष उमेरसम्मका छन् ।
शिक्षण अस्पतालमा ल्याइएका ती घाइतेमा एक बालक, दुई बालिका, चार महिला र एक पुरुष रहेका प्रहरीले जनाएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १९:२६
प्रतिक्रिया दिनुहोस्