site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १३६ पुग्यो 
SkywellSkywell

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पले भौतिक संरचना भत्किँदा मृत्यु हुनेको संख्या १३६ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम(पश्चिम)मा ३८ जनाको मृत्यु भएको छ । 

भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम(पश्चिम)मा १६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ र रुकुम(पश्चिम)मा ८५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

Dabur Nepal
NIC Asia

जाजरकोटमा घाइते भएकोमध्ये ३३ जनाको जाजरकोटमा नै उपचार भइरहेको छ । २२ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
 
रुकुम पश्चिममा घाइते भएकामध्ये ३० जना डिस्चार्ज भइसकेका छन् । ४० जना जिल्लामै उपचारत छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज पठाइएको छ । 

शुक्रबार राति जाजरकोटमा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu