देश
काठमाडौं । जाजरकोट भूकम्पपीडितको राहात, उद्वार र पुर्ननिर्माणको लागि वाग्मती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ कर्णाली सरकारमार्फत सहयोग गर्ने भएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारयण श्रेष्ठ आकस्मिक बैठक बसेर सहयोग उपलव्ध गराउने घोषणा गरेको जानकारी बाह्रखरीलाई दिए । नागरिक समाज, विभिन्न गैरसरकारी संस्था लगायत सबैलार्य विपदको घडीमा सहयोगमा जुट्न पनि प्रदेश सरकारले आग्रह गरेको छ ।
गएराति जाजरकोट केन्द्र बनाएर भूकम्प जाँदा जाजरकोट र रुकुम (पश्चिम)मा ठूलो संख्यामा मानवीय क्षति भएको छ । हालसम्म १३३ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ११:३३
प्रतिक्रिया दिनुहोस्