site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प : सञ्चार सम्पर्क र यातायात सेवा नहुँदा खोज तथा उद्धारमा कठिनाइ
SkywellSkywell

काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)का केही स्थानमा सञ्चार सम्पर्क र यातायाता सेवा नुहँदा खोज तथा उद्धारमा कठिनाइ भएको छ । 
 
ती जिल्लाका केही दुर्गम स्थानमा सञ्चार सुविधा नभएको र सडक नपुगेका तथा सडक पुगेका स्थानमा पनि पहिरोले बाटो अवरुद्ध भएका कारण खोज तथा उद्धारमा कठिनाइ भएको हो । 

“कतिपय ठाउँमा सञ्चार सुविधा छैन । सञ्चार सुविधा भएका केही स्थानमा सम्पर्क भइरहेको छैन,” जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले बाह्रखरीसँग भने ।
 
शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Dabur Nepal
NIC Asia

जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भूकम्पले सबैभन्दा ठूलो क्षति गरेको छ । अन्य नगरपालिकामा पनि भूकम्पले क्षति गरेको छ । तर विवरण आइनसकेको शर्माले बताए । 

“दुर्गम स्थानम फोनले काम गर्दैन । एक्लैएक्लै घर भएका स्थानको अवस्था के कस्तो छ जानकारी आएको छैन । उद्धारकर्मीलाई जान सडक र यातायात सुविधा छैन । हिँडेर जान ५–६ घण्टा लाग्छ,” उनले भने ।
 
जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)का सूचना अधिकारी प्रवेश बढुवालले जिल्लाका सबै स्थानीय तहमा भूकम्पको प्रभाव के कस्तो परेको बुझ्ने कार्य जारी रहेको बताए । “पूर्ण विवरण आइसकेको छैन । हामी विवरण संकलन गर्दै छौँ । दुर्गम स्थानमा सम्पर्क हुन नसके पनि एम्बुलेन्सहरू पठाएका छौँ,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu