site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुमको सानोभेरीमा एकैघरका चारसहित १० जनाको मृत्यु, ५० जना घाइते

काठमाडौं । रुकुम (पश्चिम)को सानोभेरी गाउँपालिकामा भूकम्पबाट एकैघरका चारजनासहित अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष  विर्खबहादुर विष्टले अहिलेसम्म १० जनाको मृत्यु पुष्टि भएको र अझै मृतकको संख्या बढ्न सक्ने जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको पुष्टि भएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

"हामीले दुईवटा एम्बुलेन्स र एउटा डोजरबाट उद्धार गरिरहेका छौँ । घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घरहरू क्षतिग्रस्त छन्," उनले भने ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०३:१३
प्रतिक्रिया दिनुहोस्