देश
काठमाडौं । जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोट नगरपालिकामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । नगरपालिका मेयर रवि केसीले अहिलेसम्म १४ जनाको मृत्यु पुष्टि भएको र उद्धार भइरहेकाले अझै बढ्न सक्ने जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म झन्डै ५० जना घाइते भएको पुष्टि भएको छ ।
"अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । ५० जना घाइते छन् । हामी उद्धारमै छौँ । अझै बढ्ने देखिन्छ," उनले बाह्रखरीसँग भने ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०२:५५
प्रतिक्रिया दिनुहोस्