site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पबाट जाजरकोटमा ६ जनाको मृत्यु, २२ जना घाइते

काठमाडौं । भूकम्पबाट जाजरकोटमा अहिलेसम्म ६ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरीका प्रवक्ता गोपालचन्द भट्टले अहिलेसम्म जाजरकोटमा ६ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार विवरण संकलन तथा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

Argakhachi Cement Island Ad

"अहिले हामी उद्धारकै क्रममा छौँ । जाजरकोट र रुकुमबाट मृत्यु र घाइतेको जानकारी आइरहेको छ । २०–२२ जना घाइते भएको जानकारी पाएका छौँ," बाह्रखरीसँग उनले भने ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०२:००
प्रतिक्रिया दिनुहोस्