site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुस्लानको वार्षिकोत्सवमा गल्फ प्रतियोगिता आयोजना हुने

काठमाडौं । रुस्लान भोड्काले ५०औँ वार्षिकोत्सवमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

रोयल नेपाल गल्फ क्लब (आरएनजीसी)सँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको हो ।

नेपालमै गल्फको सुरुवातकर्ता आरएनजीसीले पनि आफ्नो सञ्चालनको १०७औँ वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र आरएनजीसी दुवै मिलेर ‘रुस्लान ५०औँ वार्षिकोत्सव गल्फ प्रतियोगिता’ आयोजना गर्न लागिएको हो । 

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाका अनुसार रुस्लानको पाँच दशक यात्रा र आरएनजीसीको १०७औँ वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा खुसी लागेको बताए । 

रुस्लान गल्फ प्रतियोगिता कार्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने रुस्लानले जनाएको छ ।

जसमा १३० जना आरएनजीसी सदस्यहरूको प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितालाई रुस्लान र आरएनजीसी दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र एक उत्सवको रूपमा मनाउन आयोजना गरिएको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro