site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विमानस्थलमा झगडा गर्ने पाइलटलाई के हुन्छ कारबाही ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान राष्ट्रिय सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै तारा एयरका दुई वरिष्ठ पाइलटलाई निलम्बन गरेको छ । 

शुक्रबार बिहान तारा एयरका दुई पाइलटबीच ‘एप्रोन’मै विवाद भएपछि दुई पाइलटलाई क्यानले निलम्बन गरेको छ । 
 
झगडा के कारणले भएको हो भन्ने क्यानले जानकारी दिएको छैन । यस विषयमा अनुसन्धान गर्ने र त्यसपछि थप कारबाही प्रक्रिया अघि बढाइने क्यानका सह–प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“अर्काे सूचना नआउन्जेलसम्म दुई पाइलटलाई निलम्बन गरिएको छ । यस विषयमा विस्तृत अनुसन्धान हुन्छ । त्यसपछि पाइलटको लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने निर्णयमा पुगिनेछ ।”

मन्थली विमानस्थलमा दुई पाइलटबीच झगडा

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्