site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१९ सचिव र ६४ सहसचिवसहित २२ सय ६० जना कर्मचारीले यसैवर्ष अवकाश पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०÷८१ मा सरकारी निकायमा कार्यरत २ हजार २६० जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । तिनीहरु उमेर हद र सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका र जान लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले जनाएको छ ।

यसमा निजामती सेवाभन्दा अन्य सरकारी सेवाबाट अवकाश पाउने कर्मचारीको संख्या जोडिएको छैन । 

“अघिल्लो वर्षको तुलनामा यो वर्ष अनिवार्य अवकाश पाउने निजामती कर्मचारीको संख्या थोरै कम छ,” राष्ट्रिय किताबखानाका निर्देशक प्रकाशजंग कार्कीले बाह्रखरीसँग भने । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्कीका अनुसार, अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २ हजार ४ सयभन्दा बढी निजामती कर्मचारीले अनिवार्य अवकाश पाएका थिए । 

यस वर्ष अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी छन् । “अवकाश पाउने मितिभन्दा ६ महिना अगावै हामी सम्बन्धित कर्मचारीलाई जानकारी दिन्छौं,” कार्कीले भने । 

Global Ime bank

चालु आर्थिक वर्ष विशिष्ट श्रेणी (सचिवस्तर)का १९ जना कर्मचारीले अवकाश पाउने छन् । तीमध्ये असोजसम्म ६ जना उमेर हद र सेवा अवधिका विदा भइसकेका छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर पनि अवकाशमा जाँदैछन् ।

चालु आर्थिक वर्षभित्र अवकाश पाउने विशिष्ट श्रेणीका कर्मचारीमा परराष्ट्र सचिव भरतराज पौड्याल, महालेखापरीक्षकको कार्यालयका उप–महालेखा परीक्षक महेश्वर काफ्ले, महान्यायाधिवत्ताको कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला, जल तथा उर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी छन् । 

त्यसरी नै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाई, निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम, सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थी छन् ।

किताबखानाका अनुसार, चालु आर्थिक वर्षमा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)का ६४ जना कर्मचारीले अवकाश पाउनेछन् ।  राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) तहका १८१ जना पनि यसवर्ष अवकाश पाउने सूचीमा छन् ।

राजपत्रांकित तृतीय श्रेणी (इन्जिनियर/कम्प्युटर अधिकृत/ कर अधिकृत) तहका २३५ जना कर्मचारीले २०८१ असार मसान्त भित्र अवकाश पाउने छन् ।

किताबखानाका अनुसार, चालु आर्थिक वर्ष अधिकृत एघारौं तहका ४, अधिकृत दशौं तहका ७, दशौं तहका ३२, नवौं तहका १९, अधिकृत आठौं तहका ४, आठौं तहका ९२, अधिकृत सातौं तहका २१, अधिकृत छैटौं तहका ६८, छैटौं तहका १७८, पाँचौं तहका १५३ र चौंथो तहका ८ जना कर्मचारीलाई अवकाश पाउँदै छन् । 

यस्तै, राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) तहका २१२, राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार)का ८५, राजपत्र अनंकित तृतीय श्रेणीका १४, राजपत्र अनंकित चतुर्थ श्रेणीका ६, राजपत्र अनंकित पाँचौ श्रेणी (कार्यालय सहयोगी)का ५२, श्रेणीबिहीन (कार्यालय सहयोगी, परिचर, पियन, कल्कारा, हलुका सवारी चालक, हुलाकी ७३७, सहायक चौंथो २ र सहायक पाँचौं तह(अनमी, अहेव) का ३६ जना कर्मचारीले पनि यसवर्ष अवकाश पाउने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement