site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रले यूएईसँग खेल्ने सम्भावना उच्च

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किने सम्भावना उच्च देखिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार सिंगापुरसँग खेल्नुअघि नेपाली टिमका अलराउन्डर ऐरीको बायाँ खुट्टामा चोट लागेको थियो । सोही कारण उनले समूह चरणको दोस्रो र तेस्रो खेल गुमाएका थिए ।

Dabur Nepal
NIC Asia

नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार प्रशिक्षक मोन्टी देसाई पनि दीपेन्द्रलाई सेमिफाइनलमा फर्काउनेमा सकारात्मक छन् । प्रतियोगिताको डाक्टर अभिषेकराज सिंहले पनि दीपेन्द्रलाई शुक्रबार हुने खेलका लागि फर्काउने प्रयास भइरहेको बताए ।

“इन्जुरीको प्रोग्रेस सकारात्मक छ । दीपेन्द्रको इन्जुरीसँग सम्बन्धित हाडजोर्नी विशेषज्ञसँग छलफल भइरहेको छ । खेलाउन सकिने अवस्था रहेकाले टिमसँगको छलफलपछि सकेसम्म भोलि मैदान फर्काउने प्रयासमा छौँ,” डा सिंहले बाह्रखरीसँग भने ।

नेपालले भोलि (शुक्रबार) यूएईसँग मूलापानीस्थित माथिल्लो मूलपानी मैदानमा खेल्ने तालिका छ । खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । यो खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro