site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रको करियरका लागि पनि उनलाई फर्काउने धेरै प्रयास भएको छ : प्रशिक्षक देसाई
फाइल तस्बिर ।

काठमाडौं । ओमानसँगको हारपछि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भइरहेको बताएका छन् । खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक चोटग्रस्त अलराउन्डर दीपेन्द्रलाई टोलीमा फर्काउन धेरै प्रयास भइरहेको बताए । 

सिंगापुरसँगको पहिलो खेल सुरु हुन लाग्दा अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले जारी प्रतियोगिता खेल्न पाएका छैनन् ।

दीपेन्द्रले समूह ‘ए’ को अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहँदा पनि त्रिवि मैदानभित्र रहेको नेटमा अभ्यास गरिरहेका थिए । त्यसैले दीपेन्द्रसिंह टोलीमा फर्कने सम्भावनाबारे प्रश्न गर्दा प्रशिक्षक देसाईले उनको करियरका लागि धेरै प्रयास भइरहेको बताए । प्रशिक्षक देसाईले अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने अवस्थामा भने नरहेको स्पष्ट पारे ।

प्रशिक्षक देसाईले हरेक दिन नयाँ प्रतिभा खोज्ने आशा रहने गरेको र आज विवेकको प्रदर्शनले आफूलाई धेरै मनोरञ्जन पनि लिएको धारणा दिए ।

उनले आज लक्ष्य भेटाउन सक्ने खालको भए पनि सफल हुन नसकेको उल्लेख गर्दै विपक्षको बलिङ पनि राम्रो रहेको बताए । उनले यूएईसँगको सेमिफाइनलमा एकपटक फेरि धैर्यता राख्दै राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको पनि बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro