site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीपले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १४औँ ओभरमा दुई विकेट गुमाएको हो । सन्दीपले ओभरको पहिलो बलमा आयान खानलाई बोल्ड गरे । लगत्तै सन्दीपले मेहरन खानलाई एलबीडब्ल्यूको सिकार बनाए ।

जारी खेलको १४ ओभर सकिँदा ओमानले ६ विकेट गुमाएर ९८ रन बनाएको छ ।

त्यसअघि, नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र गुल्सन झाले समान एक विकेट लिए ।

नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ र मंगलबार दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्