site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री साउद र सिनेटर होलेनबीच भेटवार्ता
Argakhachi Cement Island Ad

वासिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार भेटवार्ता भएको छ ।   

भेटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बरमा नेपालको भ्रमण गरेका थिए । 

अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टीपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्