site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपाल पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदको लागि आज (बुधबार) भारतको नयाँदिल्लीमा भएको निर्वाचनमा नेपाल पराजित भएको छ । नेपाली उमेदवार डा. शम्भुप्रसाद आचार्य बंगलादेशकी उमेदवार साइमा वाजेदसँग पराजित भएका हुन् ।

आजको निर्वाचन परिणामसँगै बंगलादेशकी साइमा वाजेद दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको अर्को क्षेत्रीय निर्देशकको रूपमा मनोनीत भएकी छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रको लागि डब्लूएचओ क्षेत्रीय समितिको ७६औँ सत्रको बन्द बैठकमा सदस्य राष्ट्रहरूले वाजेदको पक्षमा मतदान गरेका हुन् ।

बुधबार नयाँदिल्लीमा भएको मतदानमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेले भाग लिएका थिए । म्यानमार मतदानमा सहभागी भएन ।

Prabhu Bank
Agni Group
NIC Asia

साइमाले आठ मत पाएकी थिइन् भने आचार्यले दुई मत मात्र पाएका थिए । नेपालका आचार्य जनस्वास्थ्य क्षेत्रका विज्ञ हुन् । बंगलादेशकी वाजेद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा ११ देश सदस्य रहेका छन् । नेपाल, श्रीलंका, भुटान, भारत, उत्तर कोरिया, टिमोर लिस्टे, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, माल्दिभ्स र म्यानमार सदस्य हुन् ।

Global Ime bank

नवनियुक्त क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ बाट पदभार ग्रहण गर्ने डब्लूएचओले जनाएको छ ।

यसअघि, नेपालले डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा तीनपटक उमेदवारी दिएको थियो । तीनैपटक हार व्यहोर्नु परेको थियो । डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा आजको पराजय नेपालको चौथो पराजय हो ।

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालको तर्फबाट पहिलोपटक उमेदवारी नारायण केशरी शाहले दिएका थिए । उनी पहिलो नेपाली राजदूत बिन्देश्वरी शाहका पति र बैंकर अनिल केशरी शाहका पिता हुन् । नारायण केशरी शाह निर्वाचनमा मात्र एक मतले पराजित भएका थिए ।

नेपालले दोस्रोपटक डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा डा. मृगेन्द्रराज पाण्डेलाई उठाएको थियो । उनी पनि सफल हुन सकेनन् ।

नेपालले तेस्रोपटक डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा रिता थापालाई उठाएको थिए । थापा पूर्वपरराष्ट्रमन्त्री तथा राजदूत भेषबहादुर थापाकी पत्नी हुन् । रिता थापा पनि निर्वाचनमा पराजित भएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय