site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकको लागि आज निर्वाचन, नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदको लागि आज (बुधबार) भारतको नयाँदिल्लीमा निर्वाचन हुँदै छ । उक्त पदको लागि हुने निर्वाचनमा नेपाल र बंगलादेशले उमेदवारी यसअघि नै दिइसकेका छन् ।

निर्देशक पदको उमेदवारमा नेपालको तर्फबाट डा. शम्भुप्रसाद आचार्य र बंगलादेशको तर्फबाट साइमा वाजिद रहेकी छन् । नेपालका आचार्य जनस्वास्थ्य क्षेत्रका विज्ञ हुन् । बंगलादेशकी वाजिद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

२०७८ भदौ १० गतेको मन्त्रिपरिषद्को बैठकले डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा उमेदवारी दिने निर्णय गरेको थियो । यसैअनुसार डा. शम्भुप्रसाद आचार्यलाई नेपालले उमेदवार बनाएको हो ।

Dabur Nepal
NIC Asia

अहिले डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशक भारतकी पुनम क्षेत्रपाल सिंह छन् ।  उनको यो दोस्रो कार्यकाल हो । २०१४ र २०१८ मा उनी उक्त पदमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनको कार्यकाल २०२४ जनवरीसम्म रहेको छ । निर्वाचित हुने नयाँ निर्देशकले २०२४ फेब्रुअरी १ देखि कार्यभार सम्हाल्नेछन् ।

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा ११ देश सदस्य रहेका छन् । नेपाल, श्रीलंका, भुटान, भारत, उत्तर कोरिया, टिमोर लिस्टे, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, माल्दिभ्स र म्यानमार सदस्य हुन् ।

बुधबार हुने निर्वाचनमा जित्नको लागि नेपालको लागि ६ भोटको आवश्यकता पर्छ । एक भोट आप्mनो हुन्छ । जित्नको लागि नेपालले कम्तीमा पनि पाँच राष्ट्रलाई आफ्नो पक्षमा ल्याउनु पर्छ ।

यसअघि, नेपालले डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा तीनपटक उमेदवारी दिएको थियो । तीनैपटक हार व्यहोर्नुपरेको थियो ।

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालको तर्फबाट पहिलोपटक उमेदवारी नारायण केशरी शाहले दिएका थिए । उनी पहिलो नेपाली राजदूत बिन्देश्वरी शाहका पति र बैंकर अनिल केशरी शाहका पिता हुन् । नारायण केशरी शाह निर्वाचनमा मात्र एक मतले पराजित भएका थिए ।

नेपालले दोस्रोपटक डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा डा. मृगेन्द्र राज पाण्डेलाई उठाएको थियो । उनी पनि सफल हुन सकेनन् ।

नेपालले तेस्रोपटक डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा रिता थापालाई उठाएको थिए । थापा पूर्वपरराष्ट्रमन्त्री तथा राजदूत भेषबहादुर थापाकी पत्नी हुन् । रिता थापा पनि निर्वाचनमा पराजित भएकी थिइन् ।

अहिले नेपालले उमेदवार बनाएको व्यत्ति डा. आचार्य विश्व स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम भएकोले जित्ने सम्भावना प्रबल रहेको बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro