site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिनिसियस जुनियर र रियाल मड्रिडबीच सम्झौता नवीकरण

काठमाडौं । रियाल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । नयाँ सम्झौतअनुसार ब्राजिलियन फरवार्ड सन् २०२७ सम्म स्पेनिस क्लबमा बस्नेछन् ।

रियाल मड्रिडसँग २३ वर्षीय भिनिसियसको सम्झौता आगामी वर्षसम्मको थियो । उनी सन् २०१८ मा फ्लेमिंगोबाट ३८ मिलियन पाउन्डमा रियाल मड्रिड आएका थिए ।

“हेलो रियाल मड्रिड समर्थक, म मेरो सम्झौता नवीकरण गर्न पाउँदा निक्कै खुसी छु । मेरो लागि यो सपनाजस्तै हो,” भिनिसियसले सामाजिक सञ्जालमा लेखेका छन्, “आशा छ म यहाँ लामो समयसम्म रहनेछु । टिमलाई जित र उपाधि दिलाउन धेरै गोल गर्न सक्षम हुनेछु । तपाईंहरुको मायाका लागि धन्यवाद ।”

मंगलबार फ्रान्सको राजधानी पेरिसमा भएको बालन डी‘अर समारोहमा उनी भिनिसियस छैटौं स्थानमा आएका थिए । रियाल मड्रिडबाट उनले दुई ला लिगा, दुई स्पेनिस सुपर कप, दुई क्लब विश्वकप, कोपा डेल रे र युरोपियन सुपर कपको उपाधि जितेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro