site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तिहारमा पनि चिनी अभाव हुने संकेत, विभागले गोदामको अनुगमन गर्ने
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । दसैँमा सहज रूपमा नपाइएको चिनी तिहारमा पनि अभाव हुने देखिएको छ । तिहारमा गुलियो पदार्थका परिकार बढी बन्ने हुँदा चिनीको माग बढी हुने गरेको छ ।

खुद्रा व्यवसायीहरूका अनुसार तिहारमा २० हजार बोरा (१० लाख किलोग्राम) चिनी काठमाडौं उपत्यकालाई आवश्यक पर्छ । तर, अहिलेसम्म बन्दोबस्त भने भएको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सहजीकरण गर्ने तयारी गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागले तिहारलक्षित विशेष अनुगमन गरेर थानकोटदेखि साँगासम्म पर्ने गोदामको निरीक्षण गर्ने तयारी गरेको स्रोतले बताएको छ । “बजारमा चिनी लुकाएको भन्ने कुरा आएको छ । हामी विशेष अनुगमन टोली बनाएर अनुगमन गर्ने तयारीमा छौँ,” स्रोतले भन्यो ।

दसैँमा एभरेष्ट चिनी मिलसँग चिनी खरिद गरी नेपाल खुद्रा व्यापार संघलाई दिएको थियो ।  संघले करिब एक हजार बोरा चिनी एभरेष्ट मिलबाट उठाएको थियो । यो चिनी उपभोक्तालाई प्रतिकिलो ११५ रुपैयाँमा उपलब्ध गराएको थियो ।

Global Ime bank

यसरी सहुलियत मूल्यमा चिनी उपलब्ध गराएपछि कालो बजारी भने केही हदसम्म नियन्त्रण भएको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाहीले बताए । तिहारमा पनि यसै गरी चिनी उपलब्ध गराउन मन्त्रालय तथा चिनी उद्योगहरूसँग छलफल भइरहेको उपाध्यक्ष शाही बताउँछन् ।

दसैँमा एक रूपैयाँ फाइदा खाएर उपभोक्तालाई चिनी उपलब्ध गराएको उनी बताउँछन् । तिहारमा भने बिक्रेताहरूले अलिकति नाफा राख्न माग गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय