site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभामा पेस
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभामा पेस भएको छ । मंगलबारको राष्ट्रियसभा बैठकमा उक्त विधेयक पेस भएको हो ।

विधायन व्यवस्थापन समितिले सोमबार उक्त विधेयक पारित गरेको थियो । बैठकले मंगलबारको राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम समिति सभापति जयन्ती देवी राईले पेस गरेकी हुन् ।

यस्तै, मंगलबारको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको बैठक आजै १६ मिनेटपछि बस्नेछ । उक्त बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पास गर्ने तयारी गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro