site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपेश सर्राफको हत्या आरोपमा १० जना पक्राउ, महिला मुख्य योजनाकार 
SkywellSkywell

काठमाडौं । बारामा रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

बारा कलैया उपमहानगरपालिका–६ का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो ।  उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो । मोटरसाइकलमा रहेका उनी त्यहीँ ढलेका थिए ।

ढलेपछि पनि उनलाई थप गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाइते भएका उनको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रुपेश बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपलसमेत रहेको खुलेको छ । उनीमाथि २ वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

रुपेशको हत्या लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समेत घटनाबारे चासो राखेको थियो । गोली हानी हत्या गरिएका रुपेश ६० किलो सुन तस्करीमा पक्राउ परेका बाराकै सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफका आफन्त भएकाले चासो राखेको प्रहरीले जनाएको छ ।

Royal Enfield Island Ad

तर बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने घटनाको विभिन्न कोणबाट अनुुसन्धान हुँदा महिला नै हत्याको मुख्य योजनाकार भएको पाइएको बताए ।

“अहिलेसम्म १० जनालाई पक्राउ गरेका छौँ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने, “त्यसमध्ये ६ जना घटनामा संलग्न रहेको पाइएको छ । चार जनामाथि पनि अनुसन्धान भइरहेको छ ।”

उनका अनुसार ६ जनामध्ये पक्राउ परेकी महिला नै मुख्य योजनाकार रहेको पाइएको छ ।

के कारणले हत्याको योजना बनाइएको हो भन्ने बारेमा पनि प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । काफ्लेका अनुसार यसअघि साउनमा पनि बारामै उनीमाथि गोली प्रहारको योजना बनेको थियो ।

त्यसबेला सो समूहबाट सर्राफ भाग्न सफल भएको अहिले अनुसन्धानका क्रममा पाइएको काफ्लेले बताए ।

“यसअघि पनि गोली प्रहारको प्रयास भएको रहेछ,” उनले भने, “त्यसबेला भागेका रहेछन् तर प्रहरीमा खबर आएन । अहिले अनुसन्धानका क्रममा खुल्यो । अनुसन्धानका क्रममा मुख्य कारण महिला नै भएको पाइएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro