site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगर मेयरको वरीयता खोस्ने प्रस्ताव, सबै महानगरपालिका प्रमुख १७औँ नम्बरमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नयाँ मर्यादा क्रमानुसार काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ । काठमाडौं महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको छ ।

यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । सोमबामर समितिले प्रतिवेदनसहितको उक्त विधेयक मंगलबार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

हाल काठमाडौं महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापतिलगायत छन् ।

हाल ११औँ नम्बरमा काठमाडौंबाहेक अरू सबै महानगरपालिका प्रमुखको वरीयता कायम छ । १३औँ वरीयतामा काठमाडौं महानगर उपप्रमुखको वरीयता छ । काठमाडौंबाहेक अरू महानगरका उपप्रमुखको वरीयता १६औँ नम्बरमा छ ।

सोमबारको बैठकबाट सबै महानगरपालिका प्रमुखको वरीयता १७औँ नम्बरमा रहने गरी प्रतिवेदन पारित गरिएको छ । समितिबाट पारित विधेयकमाथिको प्रतिवेदनमा विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रदेश सरकारका पूर्व राज्यमन्त्री पनि सोही वरीयतामा छन् ।

समितिको प्रतिवेदनानुसार महानगर उपप्रमुख, उपमहानगर प्रमुख र उपप्रमुख तथा नगरपालिकाका प्रमुख १८औँ र गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख १९औँ तथा गाउँपालिकाका उपाध्यक्ष २०औँ नम्बरमा रहनेछन् । २१औँ नम्बरमा ७५३ स्थानीय तहका वडाध्यक्षलगायत सरकारी निकायका अधिकारी रहनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro