site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलका प्रधानमन्त्री नेतान्याहूले मागे माफी
तस्बिर : रोयटर्स ।

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सुरक्षा बलसँग माफी मागेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणबारे पूर्वजानकारी पाउन असफल भएको भन्दै उनले त्यति बेला सुरक्षा बललाई दोष लगाएका थिए ।

तर, अहिले यस्तो परिस्थितिमा एकता सर्वोपरि भएको र उक्त टिप्पणी गर्नु गलत भनेर उनले माफी मागेका हुन् ।

Dabur Nepal
NIC Asia

शनिबार सामाजिक सञ्जाल एक्समा नेतन्याहूले हमासको आक्रमणबारे खुफिया सेवा र सुरक्षा एजेन्सी सिन बेटले कुनै चेतावनी दिन नसकेको लेखेका थिए । अहिले डिलिट गरिएको सो पोस्टमा उनले उल्टै उक्त समूहलाई निरुत्साहित पारेको आश्वासन दिएको उल्लेख गरेका थिए ।

उक्त पोस्टका विषयमा नेतन्याहूकै पक्षका नेता र विपक्षीले आलोचना गरेका थिए । त्यसपछि उनले माफी माग्दै सबै सुरक्षा निकायलाई आफ्नो पूर्ण समर्थन रहेका बताएका हुन् ।

“मैले भनेका कुराहरू... भन्नु हुँदैनथ्यो र म त्यसका लागि माफी चाहन्छु,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म सबै सुरक्षा निकायका प्रमुखलाई पूर्ण समर्थन गर्दछु, हामी जित्नेछौँ ।”

हमासको आक्रमणबारे कुनै पूर्वजानकारी पाउन नसकेका कारण इजरायलको सेना र खुफिया एजेन्सी आलोचित बनेका छन् । यसले सरकार र सुरक्षा निकायबीच दरार सिर्जना भएको छ । यसबीच नेतन्याहूले अहिले एकताको आवश्यकता रहेको भन्दै माफी मागेका हुन् ।अलजजिराबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro