site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कारोबारको दोस्रो दिन सोनापुर मिनरल्सको १० मिनेटमै घट्यो १० प्रतिशतले सेयर मूल्य

काठमाडौं । धितोपत्र दोस्रो बजारमा दोस्रो कारोबार भएको दिन नै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार धितोपत्र दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आएको सोनापुरको सेयर मूल्य पहिलो कारोबार दिनमा प्रतिकित्ता ३५ रुपैयाँले घटेको थियो । दोस्रो दिन पनि बजार खुलेको १० मिनेटमै १० प्रतिशत (३१ रुपैयाँ ५० पैसा)ले घटेको हो ।

Dabur Nepal
NIC Asia

नेप्सेका अनुसार सोमबार प्रतिकित्ता ३०८ रुपैयाँ ७० पैसामा कारोबार खुलेको थियो । १० प्रतिशतले मूल्य घटेर प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसा कायम भएको छ । १० प्रतिशतले मूल्य घटेर अहिले कारोबार बन्द भएको छ ।

यो कम्पनीले सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई गरी कुल एक अर्ब २३ लाख २०० कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयर नेप्सेमा कात्तिक २ गते सूचीकृत भएको हो ।

सर्वसाधारणतर्फ ४० प्रतिशत र संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर रहेको कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro