खेल

काठमाडौं । नेपाली क्रिकेट टिमका बलर करण केसी नेपाल त्रिदेशीय शृंखलाको ‘प्लेयर अफ दी सिरिज’ चुनिएका छन् ।
नेपालसँगै युनाइटेड अरब इमिरेट्स (यूएई) र हङकङ सहभागी शृंखलामा नेपालले फाइनलसम्मको यात्रा तय गर्दा करणले १० विकेट लिएका थिए । करणले ब्याटिङमा २३ रनसमेत थपेका थिए ।
शृंखलामा १० विकेट लिएका करण नै उत्कृष्ट बलर चुनिए । यस्तै, यूएईका बसिल हमेद उत्कृष्ट ब्याटर चुनिए । उनले शृंखलाभर पाँच खेलमा १५९ रन बनाएका थिए ।
शुक्रबार भएको शृंखलाको फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै यूएईले उपाधि जितेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १५:४७
प्रतिक्रिया दिनुहोस्