site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

आर्थिक वर्ष २०१६/०१७ देखि यताका पाँच वर्षमा नेपालबाट १६ अर्ब ४७ करोड भन्दा बढीको तयारी चिया विदेशमा निर्यात गरिएको थियो । नेपाली चियाको मुख्य बजार भने चिया निर्यातक मुलुक भारत नै रहँदै आएको छ । भारतमा अप्रशोधित चिया पनि निर्यात हुन्छ ।

भारतबाहेक जर्मनी, जापान, अमेरिका रुस, चेक रिपब्लिकलगायत देशमा पनि नेपाली चिया निर्यात गरिन्छ । गत वर्ष चीनमा भएको प्रतियोगितामा नेपालको चिया सर्वोत्कृष्ट ठहरिएपछि चिनियाँ बजारमा पनि निर्यातको ढोका खुलेको छ ।  

नेपालमा उच्च गुणस्तरको चिया खेतीको सम्भावना रहेको पनि पुष्टि  हुन्छ । परन्तु, राज्यको नीति र संरक्षण, चिया व्यवसायीहरूको ‘अव्यावसायिक व्यवहार’, मजदुर असन्तुष्टि तथा भारतीय बजारमा बढी निर्भरताका कारण त्यसबाट अपेक्षाकृत लाभ लिन भने सकिएको देखिँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२२ मा ६ अर्ब ७० करोड डलरको चिया उपभोग भएको थियो भने सन् २०२५ सम्ममा ७ अर्ब ४० करोड अमेरिकी डलर बराबरको चिया खपत हुने अनुमान गरिएको छ । विभिन्न प्रकारका जडिबुटीका वा जडीबुटी मिसिएका चियालाई छाडेर पनि चियाका ग्रिन, ब्ल्याक, ओलोङ र एलो आदि अनेकौं प्रकारका चिया प्रचलित छन् ।

स्वास्थ्य चेतनासँगै वातावरण मैत्री स्थानीय चियाको उपभोग संसारभर बढ्दै गएको छ । फलस्वरूप, विश्व बजारमा चियाको माग पनि निरन्तर बढ्दै गएको छ । एउटा तथ्याङ्कअनुसार विश्वमा गत वर्षमात्रै अघिल्लो वर्षभन्दा ८.८ प्रतिशत चियाको माग बढेको थियो ।

Global Ime bank

चिया खेती श्रम प्रधान हुने हुनाले यसले रोजगारी पनि अरू उद्योगका तुलनामा बढी नै सिर्जना गर्छ । राज्यले उदार नीति लिएर प्रोत्साहन र संरक्षण गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रको विकासका लागि पनि चिया खेती र निर्यात दिगो सम्बल हुनसक्छ । 

बजारमा स्थापित हुनेबित्तिकै गुणस्तरमा ध्यान नदिने, आफ्नो उत्पादन अरूको नाममा पठाउने, अरूको सस्तो उत्पादनलाई आफ्नो ब्रान्डमा बेच्ने, मजदुरलाई उचित पारिश्रमिक नदिनेजस्ता अव्यावसायिक र अनैतिक प्रवृत्ति चिया बजारमा पनि देखिन्छ । नियामक निकाय र व्यवसायी दुवै पक्ष यस्तो हुन नदिन सजग हुनुपर्छ । कम्तीमा मजदुरलाई परिश्रमअनुसारको पारिश्रमिक दिन हिचकिचाउनु हुँदैन ।

यस्तै, चिया मजदुरको सामाजिक सुरक्षामा राज्यले विशेष प्राथमिक दिएमा व्यवसायीमाथि कम भार पर्नेछ । अर्कातिर, मजदुर संगठनहरूले पनि आफ्नो राजनीतिक र आर्थिक स्वार्थभन्दा चिया क्षेत्रमा आश्रित श्रमिकको हितलाई बढी प्राथमिकता दिनुपर्छ । मजदुर स्वयंले पनि रोजगारी गुम्ने जोखिम बढाउनु हुँदैन ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement