site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘पशुपतिप्रसाद–२ : भष्मे डन’को पाँच दिनको कलेक्सन कति हो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ले आक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको पाचौँ दिनमा पनि यो चलचित्रले आक्रामक व्यापार गरिरहेको निर्माण पक्षले बताएको छ ।  

फूलपातीको दिनबाट रिलिज भएको चलचित्रले पहिलो दिन दुई करोड ४० लाख ओपनिङ गरेको थियो । बिदाका कारण त्यसयताको बक्सअफिस कलेक्सनको रिपोर्ट भने नआएको निर्माण पक्षले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“आज पाचौँ दिन पनि पहिलो दिनको जस्तै हलमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । देशभरका अधिकांश हल हाउसफुल भइरहेका छन्,” निर्देशक दीपेन्द्र के खनालले भने, “आज पनि अधिकांश हल हाउसफुल भइरहेका छन् । त्यसैले पहिलो दिनको कलेक्सनजस्तै अरु दिनको पनि रिपोर्ट आउने हाम्रो अपेक्षा छ ।” 

दसैँको बिदा भएकाले सिनेमाको बक्सअफिस रिपोर्ट भने पाउन नसकेको निर्देशक खनालले बताए । काठमाडौं र उपत्यका बाहिरका केही हलमा आजका केही शोज फिलिङ फास्टमा गएका छन् । 

Global Ime bank

दीपेन्द्र के खनालले निर्देशन गरेको ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरेलगायत कलाकार सिनेमाको मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय