कला
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको यो चलचित्र २०० रुपैयाँमा हेर्न सकिने निर्माता अर्जुनकुमारले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमको समय २०७८ पुस ३० गते हलमा रिलिज भएको ‘चपली हाइट ३’ दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो ।
निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतमलगायत कलाकारको अभिनय छ । ‘चपली हाइट–३’ मिश्रीत समीक्षा पाएको सिनेमा हो ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १२:१३
प्रतिक्रिया दिनुहोस्