बाह्रखरी फोटो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजयादशमीको टीका र जमरा लगाइदिएका छन् । मंगलबार उनले महाराजगन्जस्थित निर्मलनिवासमा पुगेका सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।
पूर्वराजाको हातबाट टीका र प्रसाद ग्रहण गर्न राजावादी र सर्वसाधारण निर्मलनिवास पुगेका थिए । हरेक वर्ष बडादसैँमा उनले सर्वसाधारण समेतलाई टीका र जमरा लगाइदिने गरेका छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० १७:०५
प्रतिक्रिया दिनुहोस्