बाह्रखरी फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न व्यक्तिलाई विजयादशमीको टीका लगाइदिएका छन् । उनीसित बडादसैँको टीका र प्रसाद ग्रहण गर्न मंगलबार विशिष्ट व्यक्तित्व राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश, सभामुख, पूर्वप्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुखलगायत व्यक्तिलाई टीका र जमरा लगाइदिएका हुन् । उनले इच्छुक सर्वसाधारणलाई पनि टीका लगाइदिनेछन् ।
त्यसअघि, राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट विजयादशमीको टीका र प्रसाद ग्रहण गरेका थिए । त्यसपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका थिए ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० १५:१५
प्रतिक्रिया दिनुहोस्