site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान देव खनालको शतकप्रेरित नेपालले एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८० रनको योगफल खडा गर्यो ।

नेपालका कप्तान देवले १०० रन बनाए । उनले ९२ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । १४-२ को अवस्थामा रहँदा ब्याटिङमा आएका देवले तेस्रो विकेटक लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । अर्जुनले ७८ बलमा चार चौकासहित ५५ रन बनाए । उत्तम मगरले ५७ रन थपे । दीपक डुम्रेले २७ रन जोडे ।

Prabhu Bank
Agni Group
NIC Asia

यूएईका हरित सेट्ठीले चार विकेट लिए । अयान अफ्जल खान र अम्मर बडामीले समान एक विकेट लिए । अपराजित रहँदै फाइनलमा पुगेको नेपाल यूएईविरुद्ध पनि सोही लयलाई कायमा राख्ने लक्ष्यमा छ ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीनै खेलमा सहज जित निकालेको थियो । देव खनालको कप्तानीमा रहेको नेपालले इरानलाई २७४, बहराइनलाई सात विकेट र साउदी अरेबियालाई ३०२ रनले पराजित गर्दै विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । वर्षा बाधक बनेको सेफिाइनलमा जापानलाई डकवर्थ लुइस (डीएलस) पद्धतिको आधारमा १४३ रनले हराउँदै नेपालले फाइनलको टिकट पक्का गरिसकेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement