site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धादिङमा भूकम्प : कहाँ के भयो ? यस्तो छ अहिलेसम्म क्षतिको विवरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । धादिङमा आइतबार बिहान भूकम्पको धक्कापछि पहिरो खसेको छ । बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको धक्कापछि पहिरो खसेको हो ।

ज्वालामुखी गाउँपालिका–५, बुङकोटघाटस्थित सिम्लेमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी गराएको छ । पहिरोका कारण कुनै क्षति नभएको धादिङका प्रहरी प्रमुख एवं एसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार भूकम्पका कारण ज्वालामुखी–५, कुमलटारीका ५२ वर्षीय भक्की कुमालको कच्ची घरको पछाडि भागको भित्ता भत्किएको छ । सोही ठाउँका ३६ वर्षीय रमेश कुमालको कच्ची घरको पछाडिको भित्ता भत्किएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ज्वालामुखी–५, कुमलटारीकै ५० वर्षीय पुन्टे कुमालको घरको भित्ता चर्किएको र खाना पकाउने चिम्नी बांगिएको छ । सोही ठाउँका ४५ वर्षीय प्रताप कुमालको कच्ची घरको भित्ता चर्किएको र चिम्नी बांगिएको छ ।

भूकम्पका कारण ज्वालामुखी–७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनईको खाना पकाउने चिम्नी खसेको छ । ज्वालामुखी–१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किएको र एउटा खसीको खुट्टा भाँच्चिएको एसपी मिश्रले जानकारी दिए ।

Global Ime bank

यस्तै, ज्वालामुखी–५ का ६० वर्षीय कृष्णबहादुर कुमालको दुईतले घरको भित्री गाह्रो भत्किएको धादिङका प्रहरी प्रवक्ता एवं डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।

उनका अनुसार ज्वालामुखी–५ कै ५१ वर्षीया सरस्वती लामिछानेको बाख्राको खोरको गाह्रो भत्किएको छ । सोही ठाउँका ४५ वर्षीय भुवनबहादुर भुजेलको दुईतले घरको दुवैपट्टिको गाह्रो भत्किएको छ ।

ज्वालामुखी–५ कै ३५ वर्षीय तोपबहादुर भुजेलको दुईतले घरको दुवैपट्टिको गाह्रो भत्किएको छ । ज्वालामुखी–१, माझीटारका ४५ वर्षीय मंगलसिंह माझीको दुईतले घरको बायाँपट्टिको गाह्रो भत्किएको छ ।

यसैगरी, ज्वालामुखी–५ का ७० वर्षीय विष्णुकुमार श्रेष्ठको घर चर्किएको छ । सोही ठाउँका ६० वर्षीय काग्रेस कुमालको घर चर्किएको छ । ज्वालामुखी–५ कै ७५ वर्षीया बसमाया लामाको भुईंतले घरको गाह्रो भत्किएको छ ।

सोही ठाउँका ४३ वर्षीय मुक्ति लामाको भन्सारको गाह्रो चर्किएको छ । ज्वालामुखी–५ कै ४४ वर्षीय ध्रुव श्रेष्ठको दुईतले पक्की घरको भित्ता चर्किएको छ । सोही ठाउँका ४० वर्षीय प्रकाश अधिकारीको गोठ भत्किएको डीएसपी जैसवालले जानकारी दिए ।

यसबाहेक हालसम्म अरू क्षतिको विवरण प्राप्त नभएको उनले बताए । विवरण संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

8-1697957395.jpg

3-1697957394.jpg

5-1697957394.jpg

6-1697957394.jpg

1-1697957393.jpg

2-1697957393.jpg

4-1697957349.jpg

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement